काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दैछ । यसका लागि केन्द्रिय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल आव्हान गरेको छ । बोलकबोल आज (चैत ३ गते) मध्यान्ह ३ः०० बजेसम्म हुनेछ । बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म गर्न सकिनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा ब्याज भुक्तानी चैत २४ गते हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !