काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले पुर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन जेल सजाय गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सिंहले सरकारले पुर्व पदाधिकारीहरुलाई सुविधा दिने गरी कानुन बनाउन लागेको भन्ने चर्चाका बीच उक्त आक्रोश पोखेका हुन् ।
सिंहले सामाजिक सञ्जालमा शनिबार लेखेका छन्, ‘लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरि हुन्छन् तर यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरु नै आफ्नो सुख सुविधाका लागि ऋणको भारी जनता माथि लाद्ने कोशिश गरिरहेका छन् । आम नागरिक पहिलै चरम महंगाई, कर, कुशासनले हैरान छन्। देशमा रोजगारी छैन, युवा जती विदेशको गल्लीहरूमा भौतारिन परेको छ। तर पुर्व पदाधिकारीहरुलाई आजीवन सुविधा दिनेसम्मको लज्जास्पद कुरा गर्न भ्याएका छन् ।’ उनले अगाडि लेख्छन्, ‘पुर्व पदाधिकारीहरुको योगदान के? यिनिहरुलाई त राष्ट्र बर्बाद पारेकोमा आजिवन जेल सजाय हुनुपर्छ। पदमा हुँदा पनि लुट्ने नहुँदा पनि लुट्न खोज्ने ?’उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !