काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन पेश गर्नेहरुको सूचि सार्वजनिक भएको छ । फागुन १२ गते खुलाइएको आवेदनमा २५ गते साँझसम्म १० जनाको आवेदन परेको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार आवेदन दिनेहरुमा पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल,नारद कुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाई, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकन्द राज जोशी रहेका छन् ।
कृष्ण बहादुर कार्की नेप्सेकै निःवर्तमान सीईओ हुन् ।आवेदन दिएकाहरु मध्येबाट निश्चित व्यक्तिहरु सर्टलिष्टमा छानिने छन् । सर्टलिष्टमा छानिएका उम्मेदवारहरुलाई अन्तरवार्तामा बोलाइने छ र तीनै मध्येबाट मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्बाट सीईओ नियुक्त हुने प्रकृया रहेको छ ।
सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यसमा पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
यस्तो छ आवेदन पेश गर्नेहरुको सूचि –
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !