काठमाडौ । एभरेष्ट बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिन समय थपिएसँगै चैत ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले फागुन १८ गतेदेखि प्रति इकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले ३० लाख इकाई ऋणपत्र निष्कासन गरेकोमा १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !