काठमाडौं । नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले निर्दोष सावित गरेको छ । आइतबार विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकतामा जन्म मिति सच्याएर पद लम्ब्याएको आरोप गलत साबित गरेको छ । सोही आरोपविरुद्ध फैसला गर्दै विशेष अदालतले उनलाई निर्दोष साबित गरेको हो ।
आयोगले गत मंसिरमा सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि प्राधिकरणको अध्यक्षबाट स्वतः सिलवाल निलम्वनमा परेका थिए । अहिले बिमा प्राधिकरणमा नयाँ अध्यक्षको नियुक्तिसमेत भइसकेको छ । अदालतको फैसलालाई सिलवालले आफूले न्याय पाएको बताएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !