काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हो ।
धर्नामा सहभागिले नेपाल सरकार,स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने ? विद्युतको महशुल नतिर्ने ?,न्याय दे सरकार, जनताको घरभाडा विद्युत महशुल तुरुन्त भुक्तानि गर,स्मार्ट टेलिकम कर्मचारीको तलब भत्ता पाऊ लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।
स्मार्ट टेलिकमको टावर राखेका घरधनी, रिचार्ज कार्ड विक्रेता र प्रयोगकर्ताहरूले संयुक्त पीडित समूहु बनाएर नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना सुरू गरेका हुन् ।स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाखको पहिलो साता खारेज भएको थियो । लाइसेन्स नवीकरण नगरी स्वतः खारेज भएको स्मार्टको सम्पत्ति व्यवस्थापन र ग्राहक तथा विक्रेतासँगको अन्योल अझै समाधान भएको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !