काठमाडौँ । ठेकेदारको लापरबाहीले रोकिएको ग्वार्को ओभरपासको काम महिना दिनपछि पुनः सुरु भएको छ । बुधबारबाट काम सुचारु भएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । पटक–पटक म्याद थप्दा पनि ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको थियो । ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले काम ठप्प पारेका थिए ।
बाराहीका अनुसार ओभरपासको काम चैत सम्म सक्न निर्देशन दिइएको छ । २०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !