काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको नयाँ अध्यक्षको रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैद्यबार, क्षेत्री निर्विरोध निर्वाचित भएका हुन् ।
यस अघि संघको अध्यक्षको रुपमा सगरमा लुम्बिनी (सलिको) इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले आफ्नो कार्यकाल सफल रुपमा सम्हालेसँगै हाल बैद्यबारले नेत्तृत्व पाएका हुन् । यसैगरी महासचिव पदमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।कोषाध्यक्षमा आई जी आई प्रुडेन्सियल इस्योरेन्सका युगेश भक्त वादे श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य ,दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !