चितवन । चितवनमा रहेको सहारा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बयानका लागि चितवन जिला अदालतमा उपस्थित भएका छन् ।
मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएपछि रवि लामिछाने चितवन आएका हुन् । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ ।मंगलबार चितवन जिल्ला अदालतमा सहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध ठगी मुद्दा दायर गरिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !