काठमाडौँ। यस आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा कोषमा भने १५ करोड ८४ लाख रुपैयाँ छ । यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !