काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको थियो ।
घटना पुस २६ गते शुक्रबारको भएपनि मन्त्री खड्काले सार्वजनिक गरेका थिएनन् तर कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा मन्त्रालयमा सुरक्षाको आवश्यकता रहेको भन्दै मुख खोलेपछि उक्त घटना सार्वजनिक भएको हो ।
मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिक-५, मुच्चोकका हरि पोखरेल रहेको सिंहदरबारको प्रवेश पुस्तिकाले देखाएको प्रहरीको भनाई छ। पोखरेल २०७९ सालको निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहेका थिए । उनी गोरखाको निर्वाचन क्षेत्र २(ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई निर्वाचनमा राजेश हमालले समेत साथ दिएर उम्मेदवारीमा सघाएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !