काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गर्ने व्यक्तिलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक हुँ भन्दै रवि लामिछानेको प्रतिवादीमा बहस गरेका अधिवक्ता त्रिपाठीलाई ललितकुमार केसी नाम गरेका व्यक्तिले लछारपछार गरेका थिए ।
घटना लगत्तै सिंहदरबार वृत्त प्रहरीले केसीलाई पक्राउ गरेको थियो । सम्बद्ध व्यक्ति रास्वपाका समर्थक या कार्यकर्ता हुन् या के को भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेपनि केही सबुत फेला पारिसकेको छैन ।यद्यपि प्रहरीले हुलहुज्जत गर्ने अन्य व्यक्तिलाई पनि खोजी गरिरहेको जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !