काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै बजार अनुगमनका क्रममा कैफियत भेटिएका ती कम्पनी तथा फर्महरुलाई कारबाही गरेको जनाएको हो । विभागका टोलीले गर्ने नियमित अनुगमन तथा निरीक्षणका क्रममा उक्त कम्पनी तथा फर्महरुमा नियमअनुरुप कारोबार गरेको नभेटिएपछि विभागले कारबाही गरेको हो ।
यसरी कारबाहीमा पर्ने फर्महरुमा आरजी मल्टी ट्रेड प्रा.ली.मध्यपुर ठिमी,दृष्टि डेकोरेसन प्रा.लीललितपुर,एसकेएस ट्रेडर्स प्रा.ली.काठमाडौँ,न्यु महेन्द्रकुमार फिस हाउस काठमाडौँ,न्यू लुक्स् द फेशन पार्क काठमाडौँ,अरनिको हार्डवेयर सेन्टर प्रा.ली.लिना ट्रेड एण्ड सप्लायर महालक्ष्मी थान,सोलोस नेपाल प्रा.लि.एमबीएसएप नेपाल प्रा.ली,साई सेभर्स आइ क्लिनिक अप्टिकल्स् रहेका छन् । यी कम्पनीहरुलाई विभागले कागजात सहित उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !