काठमाडौ । बैंकहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकले पुष महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई माघमा पनि निरन्तरता दिएका छन् । कृषि विकास र नेपाल एसबीआई बैंकले भने ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंकको ब्याजदर ०.०६ प्रतिशतले घटेको छ । यस बैंकले माघका लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै नेपाल एसबिआइ बैंकले पनि ०.५० प्रतिशतले ब्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेको छ । अरु बैंकहरुले व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर भने यथावत राखेका छन् ।
माघ महिनाका लागि एनआइशि एशिया बैंकले ६.६ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबीको ६.६, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत, प्राइम कमर्सियल, स्ट्याण्डर्ड, हिमालयन बैंकको ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । प्रभुको ६.१ प्रतिशत, सानिमाको ६.०५ प्रतिशत ब्याजदर कायम हुँदा एभरेष्ट, माछापुछ्रे, सिद्धार्थ र राष्ट्रिय बाणिज्य बैंकको ब्याजदर ६ प्रतिशत रहेको छ ।
कुमारीको ५.९१ प्रतिशत, ग्लोबल आइएमई, नबिल, लक्ष्मी सनराइजको ५.७५ र सिटिजन्स बैंकको ५.६५ प्रतिशत रहेको छ । यता नेपाल बैंकको ५.६ प्रतिशत ब्याजदर कायम भएको छ । यो सँगै औसतमा माघको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेर ६.००१ प्रतिशत निर्धारण भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याजदर निरन्तरजसो घटिरहेको छ । अहिले ब्याजदर न्यून विन्दुमा आइसकेको छ । निक्षेप थुप्रनेक्रम जारी छ भने कर्जा प्रवाहले गति लिन सकेको छैन । यसकारण पनि बैंकहरुले निक्षेप निरुत्साहितका लागि निरन्तर ब्याजदर घटाइरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !