काठमाडौ । सर्लाही हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायी हरि प्रसाईंको शव फेला परेको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरि घर नजिकैको उखुबारीमा गाडेकोको अवस्थामा शव फेला परेको हो ।
पारिवारिक स्रोतका अनुसार व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेका थिए । अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !