काठमाडौ ।नेपालकी पहिलो महिला राजदुत विन्देश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्ष उमेरमा बिहीबार बिहान निधन भएको हो । अप्रिल १, १९८८ – नोभेम्बर १, १९९१ सम्म उनी भारतको लागि नेपाली राजदुत बनेकी थिइन ।
वि.सं. १९८९ फागुन १ गते तदनुसार सन् १९३३ फेब्रुअरी १३ तारिखमा भारतको दार्जिलिङस्थित कुर्सेङमा जन्मिएकी विन्दाश्वरी शाह पद्मसुन्दर मल्ल र जगतलक्ष्मी मल्लकी छोरी हुन् । शाहले प्रारम्भिक शिक्षा कुर्सेङको सेन्ट हेलेन कन्भेन्ट स्कुलबाट प्राप्त गरिन् । सन् १९५६ मा कोलम्बिया विश्वविद्यालय अन्तर्गतको बार्नार्ड कलेजबाट लिबरल आर्टस् विषयमा स्नातक गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् ।
उनले १९५८ मा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिजबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर उपाधि हासिल गरिन् । उनी पुर्व बैंकर्स अनिल केशरी शाहकी आमा हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !