काठमाडौँ । बाल गायक सचिन परियारको मृत्यु भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालको आइसीयूमा उपचाररत परियारको बिहीबार निधन भएको हो ।
युट्युवमा अन्तर्वार्ता दिएर एकाएक भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गाएका छन् । त्यसैगरी विभिन्न लाइभ दोहोरीमा गायन तथा अभिनय गरिसकेका परियारले नायक राजेश हमालसँग पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैमा पनि आफ्नो कला प्रदर्शन गरिसकेका छन् ।
९ वर्षको कलिलो उमेरमा गायनमार्फत सचिन चर्चामा आएका थिए । गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनको नाम भजाएर युट्युबरहरुलाई हजारौं सब्सक्राइबर र लाखौं डलर मिलेको थियो । तर उनी स्वयमंले भने आर्थिक अभावकै कारण राम्रो उपचार पाउन नसकेको बताइन्छ ।
सचिनको पहिलो गित ‘ओठ खोलेर’ बोलको गीत निकै रुचाइएको गित हो जसले उनलाई सेलिब्रेटि बाल गायक बनायो । सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन् । सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’ मा पनि हिट बने । हँसिलो अनुहार, चञ्चलता र मिठासपूर्ण बोली धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो । उनले गाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई गीत रेकर्ड गर्नका लागि काठमाडौं ल्याइएको थियो ।
सामाजिक सञ्जालबाट चर्चामा आएका सचिनले केही समय चर्चासँगै सबैको माया पाए तर पछिल्लो केही समययता उनी अस्पतालको बेडमा छटपटाइरहेका थिए । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने सचिन केही महिना यता राम्रो सँग बोल्न सकेत नसक्ने भएका थिए । हर्मोन असन्तुलनका कारण सचिनको शारिरिक बनावट समेत उमेर अनुसारको हुन सकेको थिएन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !