काठमाडौ । बुधबार सुनको भाउमा बृद्धि भएको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम छ । यसअघि मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !