काठमाडौ । आइतबार (आज) नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब उठाउँदैछ । केन्द्रिय बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो । यो रकमका लागि बैंक तथा वित्तिध्य संस्थाले आज दिउसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यसको साँवा ब्याज भुक्तानी पुष ७ गते हुनेछ । घटीमा र १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष
भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि बोलकबोल गर्न सकिनेछ । यो निक्षेप बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न सकिनेछ ।
सकिननिक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । पछिल्लो समय केन्द्रिय बैंकले विभिन्न उपकरण मार्फत बैकिङ क्षेत्रमा बढी भएको तरलता (लगानी योग्य रकम) तानिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !