काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव बेचबिखनको आरोप लागेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि,अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि हवाई मार्गबाट काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याएको छ। उनीमाथि नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !