काठमाडौँ। चाडपर्व सकिएपछि खुलेको शेयरबजारमा आइतबार ठूलो अङ्कको उछाल आएको छ । यस दिन नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८.०६ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.३३ प्रतिशतले बढेको छ।
दोहोरो अंकले बढेसँगै आइतबार कारोबार रकम ह्वात्तै बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको एक लाख ६५१ पटकको कारोबारमा ९ अर्ब ७७ करोड बराबरको किनबेच भएको छ । जसमा २२८ कम्पनीका शेयर बढेका छन् भने १३ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, तीन कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा गुराँस लघुवित्त, सृजनसिल लघुवित्त, सानिमा माई हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सम्वृद्धि फाइनान्स र नारायणी डेभलपमेन्ट बैंक रह्यो जसको शेयर सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी सर्वाधिक घट्नेमा सानिमा ग्रोथ फंद्र रह्यो जसको शेयर ६.७६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा जेनेरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। सानिमा जेनेरल इन्स्योरेन्सको आज ३८ करोड चार लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडिसीएलको प्रमोटर शेयर रह्यो जसको दश लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !