काठमाडौ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा सुचिकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रेस समन्वय शाखामा टिकटक सुचिकृत भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बाणिज्य पोष्टलाई बताए । ठाकुर भन्छन, ‘कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने हो, यसकारण टिकटक दर्ता भन्दा पनि सुचिकृत भएको हो । उसले प्यान नं. र करदाता नम्बर बुझाएर सुचिकृत भएको प्रमाणपत्र लिएको छ ।’
ठाकुरले नेपालमा सुचिकृत भएपनि नेपालको सार्वभौमसत्ता विपरित भएका भिडियोहरु नेपालको अनुरोधमा तत्काल हटाउँने बताए । ‘सुचिकृत भएपछि नेपालको ऐन कानुन विपरित टिकटकले काम गर्ने छैन । यसले साइबर अपराध कम हुने छ । यदि अपराध भइहालेपनि न्युनिकरण गर्न सघाउँनेछ, ठाकुरले भने ।’
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा सुचिकृत गरिएको हो ।२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द भएको थियो । त्यसको करिब एक वर्षपछि दशैंअगाडि टिकटक खुलेको हो । साइबर अपराधमा टिकटकले कुनै पनि सूचना नै दिने गरेको थिएन । अब आधिकारिक रूपमा नेपालमा सुचिकृत भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !