काठमाडौ । नेपालले लक्ष्मी पुजाको दिनको उच्च विद्युत माग धान्दै बाँकी रहेको विद्युत भारत निर्यात गरेको छ । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको थियो । जवकी गत वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षको भन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । नेपालले लक्ष्मी पुजाको दिन लोडसेडिङ नगरीकन भारततर्फ पनि विद्युत निर्यात गरेको छ ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो ।लक्ष्मीपूजाको दिनको पिक विद्युत् मागलाई देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको हो । नेपाल विद्युत प्राधिकरणले २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो। परीक्षण सफल भएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !