काठमाडौं । नेपाल आयल निगमले तिहार विदाका समयमा पनि सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले बुधबार एक सूचना प्रकाशित गर्दै तिहारको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १३ डिपोहरु खुला रहने जानकारी गराएको छ । निगमका अनुसार थानकोट डिपो ३ दिन खुला रहनेछ भने विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, धनगढी, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी नेपालगञ्ज र दाङको डिपो १ दिन र सुर्खेत र दिपायलको डिपो आवश्यकताअनुसार खुला हुने निगमले जनाएको छ । निगमले सम्बन्धित कार्यालयहरु बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेर सम्पर्क नम्बर पनि दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !