काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत सभामार्फत अन्तिम स्वीकृति दिनेछ । बोनस शेयर वितरणपछि चुक्तापूँजी बृद्धि भई १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँभन्दा बढी कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !