काठमाडौ । यसपटकको दशैको लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग, प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । तर यसपटक नयाँ नोट भने साट्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नयाँको सट्टा सुकिला नोट साट्ने गरी केन्द्रिय बैंकले तयारी गरेको छ । असोज २२ गतेसम्म नयाँ नोट साट्न पाइने केन्द्रिय बैंकले जनाएको छ । विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थ नगर, नेपाल गंज र धनगढीको प्रादेशिक कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ । एक ब्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए ।
यद्यपि आफ्नो खाता रहेको बैंकबाट साट्नु पर्ने नोटमा भने सिमा छैन । यसपटक नयाँ नोट नभएकाले कम कमत्रले नोटसटहीको लागि आउने अनुमान केन्द्रिय बैंकले गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !