काठमाडौं । अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो ।
सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो । बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ । बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१र८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा बाहेक नयाँ सवारी साधन नकिन्ने गरी व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !