काठमाडौं । दुई कम्पनीहरूले संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका छन् । बेष्ट फाइनान्सले ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता र कुमारी बैंकले ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
कुमारी बैंकको शेयर जेठ २९ गतेदेखि असार ४ गतेसम्म विक्रीमा रहनेछ भने बेष्ट फाइनान्सले असार ४ गतेदेखि ११ गतेसम्म विक्रीमा ल्याउन लागेको हो । दुबै कम्पनीको शेयरको मूल्य १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अकित गरी आवेदन पेश गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।
वेष्ट फाइनान्सको शेयर खरीदका लागि भने न्यूतम १ हजार कित्तादेखि अकितम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । बेष्ट फाइनान्सको शेयर खरीदका लागि केन्द्रिय कार्यालय कमलादी, काठमाडौं तथा शाखा कार्यालयहरू बुटवल, नेपालगञ्ज, दाङ , इटहरी, नारायणगढ, विरगञ्ज र पोखराबाट आवेदन प्राप्त गर्न र पेश गर्न सकिनेछ । साथै ग्लोबल आइएमई बैंकको उपत्यका वाहिरका शाखा कार्यालयहरू सुर्खेत, धनगढीबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
कुमारी बैंकको शेयर खरीदका लागि भने विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !