काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा डोकेको छ । कम्पनीले लाभांश पारित गर्न असार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्मा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाले पारित गर्नेछ ।
सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण समूहकातर्फबाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने छ ।
यसका साथै सभामा अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !