काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति गत वर्ष असारको तुलनामा २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा रु.१९४२ अर्ब ४० करोड पुगेको छ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड जुन अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८०/८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !