काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से ८.९० अंकले बढेर २०८२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ७ वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य ६ उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक २ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक २.०४ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेवलपमेन्ट रह्यो जसको ४१ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !