काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से १.९३ अंकले घटेर २०७७.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ वटा उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा व्यापार रह्यो जसको परिसूचक १.९६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.०८ प्रतिशतले घटेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेवलपमेन्ट लिमिटेड रह्यो जसको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेवलपमेन्ट लिमिटेड नै रह्यो जसको ३ लाख ६ हजार ३ सय कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !