काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !