काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले प्रधानमन्त्रीको स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको लागि बजेट छुट्याएकोप्रति व्यंग्य गरेका छन् ।
प्रनिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा उनले बजेटले क्रमभंगता गर्न नसकेको औंल्याए । उनले भने, ‘एकदुई जनाले सोध्दै थिए, प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? प्रधानमन्त्री दाइभाइ परियोजना खोइ ? प्रधानमन्त्री भतिजाभतिजी परियोजना खोइ ? यस्तो कार्यक्रम खोइ ? प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम भनिएको छ, बजेट पनि १० करोडमात्रै राखिएको छ । थोरै बजेट भए पनि छोरी पनि रिसाउनुहुने भो प्रधानमन्त्रीजी पनि । जनतालाई अल्मलाउने भक्तिभाव गर्ने काम बन्द गरौं । दल विभाजन गर्ने काममा मात्रै क्रमभंगता होइन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !