काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६५ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १० वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ३ उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ६.५६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.४० प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि नेपाल फाइनान्स नै रह्यो जसको ३ लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !