काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप ३ अर्ब रुपैयाँ जरिवानामा परेको छ । दूरसञ्चार प्राधिकरणलाई नविकरण बापत बुझाउनृ पर्ने २० अर्ब रकम कम्पनीले एकैपटक तिर्न नसक्ने र किस्तामा बुझाउन दिनपर्ने आग्रह गरेको एनसेललाई प्राधिकरणले अस्विकार गर्दै ३ अर्ब थप जरीवाना लगाएको हो ।
नवीकरणका लागि एनसेलले जेठ १६ गते २० अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो तर बजार खस्किएको र आम्दानीमा गिरावट आएको भन्दै उक्त दिन नवीकरणका लागि ४ अर्ब रुपैयाँ दिएर निवेदन दिएपनि रितपूर्वक बाँकी १६ अर्ब रुपैयाँ नुबझाएका कारणले रित नपुगेको ठहर प्राधिकरणले गरेको छ।
एनसेलले नेपालमा पहिलोपटक २०६१ साल भदौ १६ गते लाइसेन्स लिएको थियो। एनसेलको पछिल्लो नवीकरणको म्याद २०८१ सालको भदौ १५ गतेसम्म रहेको छ। अन्तिम पाँच वर्षको नवीकरणका लागि एनसेलले तीन महिनाअघि नै रितपूर्वक निवेदन दिनुपर्ने हुन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !