काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले न्युरोडको सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेकाहरु अहिले फुटपाथ बिस्तारको बिरोधमा लागेको टिप्पणी गरेका छन् ।
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेको उनको आरोप छ ।
‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?,’ उनले भने ।
फुटपाथ चौडा बनाउन भत्काएको सडक २ दिनमा बनाउन सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको समय पूरा भएको दिन नै महानगर प्रमुखले विभागलाई मापदण्ड स्मरण गराएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !