काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रक्रिया पुरा गरी जेठ २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्लाई प्राप्ति गरेको हो ।
यी दुई कम्पनीबीच गत वैशाख २२ गते प्राप्तिका लागि अन्तिम सम्झौता भएको थियो । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा आव्हान गरेर प्राप्ती प्रस्ताव पारित गरेका थिए । उक्त प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकबाट जेठ २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ १३ गते स्वीकृति प्राप्त भएसँगै दुई कम्पनी एक हुन लागेका हुन् ।
नेपाल क्लियरिङ्ग हाउसले लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्को अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण आम्दानी, खर्च, सम्पत्ति ,दायित्व तथा अन्य सम्भावित दायित्वहरू नेपाल क्लियरिङ्ग हाउसले सकार्ने गरी अन्तिम सम्झौता भए अनुसार यी कम्पनी एक हुन लागेका हुन् । प्राप्तीपछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको नामबाट एकिकृत कारोबार हुने जानकारी कम्पनीहरूले दिएका छन् ।
प्राप्तीपछि कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहनेछ । होटल रोयल सिङगी, कमलादी, काठमाडौंमा दिउँसो १२ः१५ बजे र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा दिउँसो १२ः१५ बजे सभा बोलाइएको हो । सभाले प्राप्ती प्रस्ताव पारित गर्दै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समपक्ष पेश गर्ने निर्णय समेत गर्नेछ ।
पूँजी बढाएर नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दिर्घकालिन उदेश्य प्राप्ति गर्ने जानकारी कम्पनीहरूले दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !