नागरिकता प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।
स्रोतका अनुसार अनुसन्धानका क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा तत्काली सीडीओ भट्टराई र शाखा अधिकृत दाहाल संलग्न देखिएकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिरोहियाविरुद्ध अनुसन्धानका क्रममा प्रहरीले दाहालसँग यसअघि पनि बयान लिइसकेको छ । अनुसन्धानमा प्राप्त प्रमाण र उनको बयानबीच तालमेल नदेखिएपछि प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्न जिल्ला अदालत धनुषासँग अनुमति मागेको थियो ।
बयानका क्रममा तत्कालनी शाखा अधिकृत दाहालले सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि आफ्नैजस्तो लागेको बताएका थिए । यसको फरेन्सिक जाँच काठमाडौँमा हुँदै छ।
यस्तै पहिलोपटक नागरिकता दिने तत्कालीन सीडीओ भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि प्रहरीको मागअनुसार अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !