काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आज (जेठ १७ गते) देखि आफ्नो स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
यसमा लगानीकर्ताले न्यूनतम ३३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १ हजारदेखि अधिकतम ४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो कम्पनीको शेयर खरीदका लागि साना किसान सहकारी संसथाहरु र विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र आवेदन फाराम पाइन र बुझाउने स्थानहरु एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौं,साना किसान लघुवित्तका शाखा कार्यालयहरु,विर्तामोड झापा,इटहरी, सुनसरी,बार्दिबास महोत्तरी,हेटौडा मकवानपुर, धादिङ गजुरी, पोखरा कास्की,बुटवल रुपन्देही,नेपालगञ्ज बाँके, बीरेन्द्रनगर सुर्खेत,लहान सिराहा र अत्तरिया केलालीमा रहेका छन् । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !