काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष महिला लगानी वर्षका रुपमा मनाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि बजेट बक्तब्य बाचन गर्ने क्रममा मन्त्री पुनले ग्रामिण तथा दुर्गमका सुत्केरी महिलालाई हवाई उद्दारका कार्यक्रम थप प्रभावकारी बनाइने पनि बताएका छन् ।
राष्ट्रपति महिला सशक्तिकरणका कार्यक्रम पूनरसंरचना गरी आर्थिक सशक्तिकरण गरिने छ । प्रदेश र स्थानीय तहसँग सहकार्य गरी प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड छुट्याइएको बताएका छन् । यसका लागि शिप बृद्धि गर्दै सहज ऋण दिएर उद्यमशीलता विकास गर्ने सरकारको लक्ष्य रहेको छ । आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !