काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर जेठ १४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले यी शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । प्रतिकित्ता १०० रूपैयाँमै विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक लगानीकर्ताहरूले जेठ २२ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ लाखकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आवेदन कम्पनीको शेयर विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते विहान १० बजे क्यापिटलको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भएको छ । कम्पनीले यी सबै शेयर खरीदका लागि दरखास्त नपरेपनि निवेदन परेको शेयर सम्बन्धित निवेदकलाई बाँडफाँट गरी बाँकी रहेको शेयर पुनः लिलामी प्रक्रियाबाट विक्री गरिने जानकारी दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !