काठमाडौं । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडले असार ३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा अपरान्हक ५ः३० बजे वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीले सम्पूर्ण शेयरधनीहरूको जानकारीका लागि वार्षिक साधारण सभाको सूचना सार्वजनिक गरेको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !