काठमाडौं । गुडवील फाइनान्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्नेछ । के कति दरमा कति कित्ता शेयर खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !