काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले शेयरधनीलाई लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा पौष २९ गते, आइतबार बिहान ११ बजे काठमाडौँको त्रिपुरेश्वररमा हुनेछ । सभामा वेबिनार बाट पनि सहभागिता जनाउन सकिन्छ ।
कम्पनीको सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । जसमा ४.७५ प्रतिशत बोनस शेयर रहनेछ र ०.२५ प्रतिशत कर भुक्तानीको निम्ति नगद लाभांश रहनेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !