काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलको व्यवस्थामा कसैको बहुमत आउन नसक्ने बताएका छन् ।
सबै जाति, भाषा, धर्म, क्षेत्रका जनताको समावेशी लोकतान्त्रिक व्यवस्था भएकाले यो व्यवस्थामा कसैको बहुमत नआउने उनले स्पष्ट पारेका हुन् ।यसर्थ निर्वाचनमा पहिलो दल भएको कांग्रेसलाई अझै बलियो बनाउनतर्फ लाग्न सभापति देउवाले निर्देशन दिए ।
अहिलेको समावेशी व्यवस्थामा सकैको प्रतिनिधित्व छ । यो व्यवस्थामा कसैको बहुमत आउँदैन । गत चुनावमा कांग्रेसलाई हामीले पहिलो दल बनायौं । अब यसलाई अझ सशक्त बनाउन लाग्नुहोस्,’ उनले भने ।
अर्को प्रशंगमा सभापति देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताए ।सो अवसरमा महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा पनि प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !