धनगढी । सैपाल ग्याँस प्रालिको आयोजनामा अग्नि सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । आज शनिवार कैलालीको अत्तरियामा १ दिने अग्नी सुरक्षा तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न भएको हो । डिलर संचालकलाई ग्याँसबाट हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न,जोखिम रहित तरिकाले ग्याँस सिलिण्डरको विक्री,वितरण र प्रयोग गर्न सिकाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
सैपाल ग्याँस प्रालिले आयोजना गरेको सो तालिममा १३ जिल्लाका २ सय बढि डिलर संचालकको सहभागिता रहेको थियो । भने नेपाल प्रहरीका विपद सम्बन्धि प्रशिक्षक उमेश जंग रायमाझीले अग्नी सुरक्षा र ग्याँसको विक्री,वितरण र प्रयोग गर्दा अपनाउनु पर्ने सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए ।
सैपाल ग्याँसका प्रबन्धक संगम भण्डारीले ग्राह र डिलर संचालकलाई ग्याँसबाट हुने दुर्घटना लाई कसरी न्यूनिकरण गर्न सकिन्छ । डिलरहरूले गर्नुपर्ने कामहरु केके हुनसक्छन् भन्ने जस्ता विषयमा प्रशिक्षण दिन तालिमको आयोजना गरिएको बताए । उनले भने,सैपाल ग्याँसले व्यापार मात्रै गर्दैन ग्राहक तथा डिलरहरूको हितलाई पनि मध्यनजर गर्छ । सोही कारण पछिल्लो समय ग्याँसको कारण आगलागीका घटना बढ्दै गएकाले सचेतनाका लागि तालिमको आयोजना गरिएको उनको भनाई छ ।
बिक्रेता बालाराम जैशीले सैपाल ग्याँस प्रालिले ग्याँसको कारणबाट हुने दुर्घटना र बच्ने उपायको बारेमा सचेतनामुलक प्रशिक्षण दिएकोमा खुसि व्यक्त गरे । उनले भने,लामो समयदेखि हामीले ग्याँस बेच्दै आएको भएपनि कसरी दुर्घटना हुन्छ भन्ने बारेमा थाह थिएन । ग्याँसबाट हुने आगलागी बाट कसरी बच्न सकिन्छ भन्ने थाह थिएन ।आज सैपाल ग्याँसले दिएको प्रशिक्षणबाट सबै कुराको जानकारी पाएका छौ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !