काठमाडौं । घोराही सिमेन्ट इनडसट्री लिमिटेडले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. ३,९७,१९,००,६०० को १५ प्रतिशतका दरले लाभांश शेयर (कर बाहेक) वितरण गर्नेछ ।
कम्पनीले तेस्रो बार्षिक साधारण सभा मिति २०८०/०९/२८ गते को दिन बिहान ९ बजे दाङ्ग जिल्लाको घोराही उपमहानगर पालिका स्थित होटल पौवामा गर्ने जानेको छ । त्यसका साथै कम्पनीले पौष १६ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !