काठमाडौं। प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार फेरी बैंकहरुबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकले एक महिनामा १३औं पटक निक्षेप संकलन बोलकोबलमार्फत पैसा तान्न लागेको हो। राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल एक हो।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्छ। बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि छ। तर पछिल्लो समय उसले बोलबकोबलबाटै पैसा तानिरहेको छ।
शुक्रबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो। उसले सात दिनको पनि गर्दै आएको छ।चालु आर्थिक बर्ष मंसिर ६ गतेदिखि निक्षेप संकलन गर्दै आएको छ। यसबीचमा भोलि शुक्रबारसमेत गरेर १३औं पटक संकलन गर्न लागेको हो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !