काठमाडौँ । यो साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः १.५३ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ६.२७ अर्व रुपैयाँ भन्दा बढीको किन-बेच भएको छ । जसमा ५० कम्पनी बढेका छन् भने १९१ कम्पनी घटेका छन् । यसैगरी ३ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । मार्केट घटेता पनि यो दिन बोटलर्स नेपाल बालाजु लगायत आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपीडब्लु लघुवित्त र चिर्ख्वा हाइड्रोको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार एचआइडिसीएलको प्रमोटर शेयर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !